• २०८३ जेष्ठ ५ गते मङ्गलवार

माओवादीमा गयो पहिरोः थप ४ जना सांसद एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौँ । माओवादीका चारजना प्रदेशसभा सदस्य एमालेमै रहनुहुने भएको छ । माओवादी संसदीय दलका नेता नै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारवाही प्रक्रिया अघि बढाएको छ ।

एमालेमा लाग्ने चारमध्ये तीनजना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुषा १ को-ख- बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । बारा क्षेत्र नम्बर ३ को (क) बाट निर्वाचित ज्वालाकुमारी साह र रौतहट ३ को (ख) बाट निर्वाचित कुन्दनप्रसाद कुशवाह पनि एमाले हुनुभएको हो । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बन्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस