• २०८३ बैशाख ५ गते शनिवार

म्यानमारमा सेनाविरुद्ध भएको प्रदर्शनमा सातको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, म्यानमार। म्यानमारमा सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको मृत्यु भएको छ ।बिहीबार प्रहरीको गोली लागेर प्रदर्शनकारीको ज्यान गएको हो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउदा उनीहरुको ज्यान गएको हो ।

केही समय अगाडि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो । म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको र अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस