पौष २७, काठमाडौं । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रविले आफूले टेलिभिजन छाडेकोबारे न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् । उनले तिहार अघि नै राजनिामा दिएका भएपनि राजिनामा स्विकृत भएको थिएन । लामिछाने नयाँ टिभी खोल्ने योजनामा रहेका उनि निकट श्रोतले जनाएकोे छ । लामिछाने टेलिभिजनका चर्चित मात्र नभई कीर्तिमानी प्रस्तोता पनि हुन् । उनले अप्रिल २०१३ मा न्युज २४ टेलिभिजनमार्फत निरन्तर ६० घण्टाभन्दा बढी समय अन्तर्वार्ता गरी विश्व कीर्तिमान् बनाएका थिए ।