फागुन २६, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेर स्थायी कमिटी बैठक बस्न लागेको हो।
बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने जनाइएको छ । नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने या फिर्ता लिने विषयमा आजको बैठकले रणनीति बनाउने माओवादी केन्द्रले जनाएके छ ।