• २०८३ असोज ३० गते शुक्रवार

रुपन्देहीमा करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २१, रुपन्देही । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका-१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस