जेठ २३, काठमाडौं । नार्गजुन नगरपालिकाको नगरप्रमुखले कार्यपालिकाको निर्णयको मसी सुक्न नपाउदैं एकल ढंगले कार्यपालिकाको निर्णय उल्टाएका छन । जेठ १६ गते कार्यापालिकाको बहुमत सदस्यको उपस्थितीमा भएको बैठकको निर्णय मेयर मोहन बहादुर बस्नेतले एकल निर्णय गर्दै सुचना जारी गरेर उल्टाएका हुन ।

जेठ १६ गते बहुमत सदस्यको उपस्थितीमा निर्णय नं. ९ मा चालु आ.व को योजनाहरु सम्झौता २०७८ बैशाख मसान्तसम्मको अपधि रहेकामा २०७८ बैशाख १६ गतेदेखि कोभिड १९संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएकाले आगामी आ.व मा भुक्तानी हुनेगरि चालु आ.व को योजना २०७८ साल जेष्ठमसान्तसम्म सम्झौतागर्ने निर्णय गरिएपनि मेयर बस्नेतले जेठ २१ गते सार्वजनिक सुचना जारी गरि निर्णय उल्टाएका हुन । मेयर बस्नेतले योजना संचालन सम्बन्धमा जेठ २१ गते सार्वजनिक सुचना जारी गरेका हुन ।
नगर प्रमुख बस्नेतले वडा न १ देखि १० सम्मका सबै वडा र प्राविधिक शाखालाई उक्त जानकारी दिदैं जेठ २१ गते सुचनामा लेखेका छन “चालु आ.व. २०७७र७८ को सम्झौता हुन बाकी योजना तथा कार्यक्रमहरू कोभिड १९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका कारण र आगामी आ।व। को नगर सभाको तयारी गर्नु पर्ने भएकोले सम्झौता गर्ने योजनाहरू हाललाई स्थगित गरीएको व्यहोरा अनुरोध छ ।”