मंसिर १९, काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।