• २०८३ असार १ गते सोमवार

२५ जना महिला श्रीलंकामा १३ महिना बन्धक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, १८ साउन ।  कुवेतमा राम्रो जागिर लगाइदिने भन्दै श्रीलंका पुर्‍याएर २५ जना महिलालाई बेचबिखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

कुवेतमा मासिक ३५ हजार रुपैयाँ कमाई हुने जागिर लगाइदिने प्रलोभन देखाएर श्रीलंका पुर्‍‍याएर अलपत्र पारेको अभियोगमा नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले सावित्री मुखियालाई पक्राउ गरेको हो।

ब्यूरोका अनुसार मुखियाले २०७६ फागुन ९ गते काठमाडाैंबाट ति महिलालाई सप्तरी हुँदै भारतको नयाँदिल्लीस्थित गणेश राईको अपार्टमेन्टमा लगेर १२ दिन बन्धक बनाइएको थियो।

‘एयरपोर्टमा सोध्यो भने श्रीलंकामा सिता माताको दर्शन गर्न जान लागेको भनि सिकाएर नयाँदिल्लीबाट मुम्बई हुँदै श्रीलंका पठाई कोलोम्बोस्थित निलपनागोडामा बन्धक बनाई राखेको अवस्थामा श्रीलंकाको प्रहरीले पक्राउ गरी १३ महिना सम्म कारागारमा राखेको थियो’ ब्यूरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ति महिलालाई नेपाल सरकारको पहलमा उद्धार गरी गत असार १० गते काठमाडौं ल्याइएको थियो। मुखियाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकोमा अदालतले उनलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस