• २०८३ बैशाख ३ गते बिहिवार

नेकपा प्रचण्ड-माधव समूहको देशव्यापी विरोध प्रदर्शन 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १४, काठमाडौँ। प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले आज देशव्यापी विरोध प्रदर्शन गर्दै छ । मंगलबार काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुस निकालिने बताइएको छ ।

यस समूहले संघीय राजधानी काठमाडौंमा करिब ५० हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ । बिहान ११ बजेदेखि उपत्यकाका नयाँबानेश्वर, लैनचौर, टेकु, कुपन्डोल, चाबहिल, मैतीदेवी र नक्शाल लगायत विभिन्न क्षेत्रबाट जुलुस सुरु हुने जनाइएको छ । जुलुसहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।

यसैगरी मजदुरहरूको जुलुस रत्नपार्कबाट र त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थीहरू जुलुस समेत सुरू हुनेछ । युवाहरूको जुलुस भने बागबजारबाट सुरू हुनेछ । साथै उपत्यका आसपासका जिल्लाहरूबाट हुने प्रदर्शन पनि काठमाडौंमा नै केन्द्रित गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर संसद विघटन गरेको भन्दै प्रचण्ड(माधव समूह आन्दोलनमा उत्रिएको हो । यस समूहले असली नेकपा आफू भएको र बहुमत केन्द्रीय सदस्यहरू यसै समूहमा रहेको दाबी गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस