पौष १४, काठमाडौँ । आज सुनको मूल्य ८ सयले घटेको छ भने चाँदीको मूल्य २५ रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।