• २०८३ साउन २९ गते शुक्रवार

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौँ। सवारी चालक अनुमतिपत्रका लागि आजदेखि अनलाइन फारम खुला भएको छ । सरकारले गत चैतदेखि सवारी चालक अनुमति पत्र वितरण प्रक्रिया रोकेको थियो । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर आजदेखि सातै प्रदेशमा सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम खुला गरिएको यातायात विभागले जनाएको छ ।

लकडाउन अगाडि लिखित परिक्षा दिएर पनि ट्रायल दिन नपाएका परीक्षार्थीको चाँडै ट्रायल परीक्षा लिने विभागले जनाएको छ । यसको लागि विभागले आन्तरिक तयारी गरीरहेको र कानुनी जटिलता समाधान भएसँगै ट्रायल लिने जनाएको छ । उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण गरिँदै आएको छ ।

हाल मोटरसाइकलमा दैनिक १ सय, स्कुटर र चारपाङग्रे सवारीमा ५०र५० गरी कुल २ सयले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरिएको छ । यस्तै, लिखित परिक्षा पास गरेका परिक्षार्थीले अब १८ महिनासम्म ट्रायल दिन पाउने भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस