• २०८१ जेष्ठ ६ गते आइतवार

मुगुको सोरु गाउपालिकामा हिउँदे बिदामा पनि पढाइ

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

पौष १२ मुगु । हिमाली जिल्ला मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउपालिकाले यो वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण पाठ्यकोर्ष पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदा सदुपयोग गर्न लागेको हो ।

कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । ‘कोरोनाका कारण वर्षभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरेका सोरु गाउपालिकाका शिक्षा शाखा प्रमुख निर्मल देवकोटाले जानकारी दिए । उनका अनुसार करिब ९ महिना सम्म बन्द रहेका गाउँपालिकाका विद्यालय १८ मंसिरबाट सञ्चालनमा आइसकेको देवकोटाको भनाई रहेको छ । उनले भने, ‘अत्यधिक जाडोको समयमा पनि केही विद्यालयका विद्यार्थीहरूले आगो तापेरै पढाइलाई निरन्तरता दिन थालेका छन् ।

एउटा कोठामा २० विद्यार्थी 
गाउपालिकाले प्रत्येक विद्यालय लाई एउटा कक्षा कोठामा २० देखि ३० विद्यार्थी राखि पठनपाठन गरिरहेका छन् । चिसोको कारण विद्यालयमा विद्यार्थीको उपस्थिीती न्युन रहे पछि गाउपालिकाका विद्यालयमा यति मात्र विद्यार्थी राखि पठनािठन गरि रहेका हुन । यो चिसो समयमा विद्यार्थीको समस्या लाई मध्येनजर गरेर पनि विद्यालय सञ्चालन गरेको गाउपालिकाले जनाएको छ ।

यसका साथै यो भन्दा अगाडी जिल्लामै पहिलो पटक मुगुम कार्मारोगं गाउपालिकाले हिउदे विदा पनि विद्यालयल सञ्चालन नगर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत तिर्थराज कठायतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस