• २०८३ बैशाख २२ गते मङ्गलवार

मोरङको उर्लावारीमा ७ जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२ , मोरङ । मोरङको उर्लावारी नगरपालिमा एक घरमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । उर्लावारी ९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय उर्लावारीले ३ लाख २५ हजार १५ सय ५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिकाका बाबुराम कार्की, डम्बर बहादुर लिम्बु, बिमल डाँगी, दिवान मगर, गोबिन्द पुरी, बिष्णु राउत र खोटाङका कुबिरमान तामाङ रहेको प्रदेश प्रहरी कार्यलय विराटगरले जनाएको छ । उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस