• २०८३ बैशाख ६ गते आइतवार

सुदूरपश्चिमले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि आरिफ सेखले सर्बाधिक ४५ रन बनाएका थिए भने इशान पाण्डेले ३८, जोश ब्राउनले २४, दिपेन्द्र सिंह ऐरीले १९ र विनोद भण्डारीले १५ रन बनाएका थिए । त्यसैगरी विराटनगरका बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने प्रतिस जिसीले २ र बसिर अहमदले एक विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस