• २०८३ बैशाख ११ गते शुक्रवार

चीनले अनुदानमा दिएको ८ लाख डोज भ्याक्सिन काठमाडौं आइपुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । मित्रराष्ट्र चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको भेरोसेल भ्याक्सिन काठमाडौँ आइपुगेको छ । मङ्गलवार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । त्यसै अनुरुपको ८ लाख डोज खोप आज काठमाडौ आइपुगेको हो । बाँकी दुई लाख खोप तिब्बतले दिनेछ ।

यसमध्ये ५० हजार ४०० डोज खोप मङ्गलवार बिहानै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूलाई हस्तान्तरण भइसकेको छ । अर्को ५४ हजार २०० डोज साँझ काठमाडौँ आइपुग्ने छ भने ९९ हजार २०० डोज खोप भोलि बिहान काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस