• २०८३ बैशाख ६ गते आइतवार

पोखरामा जुवातास खेलिरहेका ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, कास्की। पोखरा महानगरपालिका-२६ बरालडाँडा डेरा गरी बस्ने ४० वर्षीया उषा रानाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १९ हजार ४ सय ३७ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस