गरिबको भाग मा सुःख ता प्रखाल भयो,
जिवनमा आँसु पसिनाकै फैबताल भयो।
बर्षभरी मज्दुरी गर्छ गरिब किसानहरुले,
उस्को घरमा सदै भरी नै अनिकाल भयो।
हामिले खाडि बाट रेमिटेन्सी पठाए पनि,
हाम्रो देश त झन पछिझनै कङ्गाल भयो।
होनहार युवाको लाश फर्किन्छ देश भित्र,
उन्को द्रबिलो छाति दुश्मनको ढाल भयो।
मन बुझाउँन भन्छन भाग्या मा यस्तै रैछ,
वास्तबमा भन्दा गरिबिले बुरा हाल भयो।
पढ्ने लेख्ने बेलामा बाल मज्दुर बने सी,
उन्को हातमा बन्दुक को त्यो नाल भयो।
सपना देख्छौ क्रान्तिकारी लागत खुबैछ,
अवसरबादी ले गर्दा झनै जञ्जाल भयो।