• २०८३ जेष्ठ २५ गते सोमवार

राष्ट्रपति निर्वाचनमा मतदाताले ५ मध्ये एउटा परिचयपत्र देखाउनु पर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौँ ।  निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका मतदाताले आफ्नो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र देखाउनुपर्ने जनाएको छ।

राष्ट्रपति निर्वाचनमा मतदाताहरूले मतदान गर्न मतदान स्थलमा जान आयोगले स्पष्ट रूपमा कानुनी व्यवस्था गरेको भन्दै ५ वटामध्ये एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो।

जसअनुसार आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, सम्बन्धित संसद् सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नुअघि देखाउनु पर्नेछ।

सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदान स्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्।

नयाँ राष्ट्रपतिका लागि ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्।

Sharing

प्रतिक्रिया दिनुहोस