एकपक्षबाट हेर्दा विश्वमै नेपालीहरु धेरै अल्छी छन भनिन्छ तर विश्वकै कुना कुनामा श्रम बेच्ने नाम पनि नेपालीहरुकै आउँछ । यि दुई सवालमा दुई मत छैन पनि। यी दुई सवालले प्रश्न र उत्तर आफै दिन्छ तर यहाँ गहिरो अनुसन्धान गर्नुपर्छ।
यसको उत्तर खोज्न समय धेरै लाग्छ । नेपालका हरेक राजनीतिक दलहरुदेखि आम जनताहरुसमक्ष सम्बन्ध जोडिएको छ । यो भन्दै गर्दा लगभग दस प्रतिसत मानिसहरु माथि लेखे जस्तै निष्कृय पनि छैनन भने युरोप, अमेरिका, जापान, जर्मन, फ्रान्स, इटली, इजरायल, चीन, कोरीया जस्ता आदि आदि देशका सरकार, दलहरु र जन्ताहरु पनि छन जसले यस धर्ति र आसमानमा नभएका, कसैले पनि नदेखेका बैज्ञानिक प्रविधिहरु आविष्कार गरेर विश्वसँग होडवाजी चलाएका छन र एक अर्कोलाई एक नम्वरमा जान दिन चाहदैनन पनि ।
हामी यतिसम्म शान्दार व्यवहार र काम खोज्छौ कि, दस पास गर्नासाथ टेबल वर्क खोज्छौ तर ती करोडका कवाडी सामान भारतीयलाइ दिन्छौ, सय तिरेर दाारी काट्न भस्रतीय लगाउँछौँ तर हामी हजाम पसल राख्न लाज मान्छौ, बाली लगाउछौ, थन्क्याउन उतैका गुहार्छौ , बिदेसमा जस्तो काम पनि गर्छौ तर स्वदेसमा लजाउछौ अनि कसरी हुन्छ देस बिकास ?
तर भारतले जस्तै नेपालको सिमाना मिचेर र नाकावन्दी लगाएर मित्र राष्ट्र र रोटी बेटीको नाम दिइ हस्तक्षेप गरेर होईन कि आफ्नो नैतिकता, कुशलता र समयको सदुपयोग गरेर लगानी, परिश्रम र बिज्ञानको प्रयोग गरेर नै अगाडि बढन सम्भव भएको हो । तर हामी वीर नेपालीकोरुपमा नाम लेखाएका हाम्रा वीर पुर्खाका सन्तानहरुलाई भने फेरि जार्कबुजले झन अल्छी वनाई दिए । तर दोष जार्कवुजको होईन कि हाम्रो हो । उनले त हामीलाई गुगलमा गएर खोजतलास गर, नेपाली नागरिकहरुलाई भारतको गुलाम वनेर नाकावन्दीको सिकार हुन र सीमाना लुटन नदेउ, शक्तिसालि युरोपियन देशहरु जस्तै वन भनेर क्लास दिएका थिए तर हामीलाई वाँदरका हातमा नरिवल वन्यो ।
यदि कसैले राष्ट्रिय सवाल उठायो भने दलिय र गुट उपगुटमा लागेर कडा विरोध रिप जस्ता अश्लिल शब्द , रिपोट र ज्यान मार्ने धम्कि दिन्छन अनि आवाज बन्द गरिदिन खोज्छन, यहि हो त हाम्रो नैतिकता र वौद्धिता ? यस्ता गलत प्रवृतिले कुनै एक व्यक्तिको आवाज बन्द गर्न सक्लान वा नसक्लान तर त्यसको असर उक्त धम्किदिने व्यक्ति, परिवार, समाज र राष्ट्रलाई पनि परेको हुन्छ भन्ने कुरा हामिले कहिले बुझ्ने होला ?
सउदि अरेविया जाँदा एक जना नेपालीलाई बाटो र एउटा भाषा नबुझेर सोधेको थिए र उनले जवाफ दिए कि “भोको छौ भने पैसा दिन्छु , होटलमा गएर खाना खानु तर बाटो र भाषा वताउदैन, किनकि भोलि तिमि म भन्दा जान्ने बुझ्ने भएर मलाई नै दवाव दिन्छौ” मैले पाएको जवाफ यहि थियो।
हामी अल्छी छौ र अल्छी भन्छन भनेका अधारहरु यिनै हुन । हामी आफ्नो उत्पादनमा लाग्न भन्दा भारतीय वजारमा निर्भर छौ । आफ्ना खेतवारी बाँझै राखेर घरमा ताला लगाएर शहरमा डेरा र पसलमा किनेर खाने गर्छौ । शहरका आरामदायी जीवन छाडेर गाउँले दुखि जीवन बिताउन कस्लाई मन लाग्छ र पनि तर शहरिय सुखि जीवन विताउनेहरुको हाईफाई देखेर गाउलेहरु पनि शहर पस्न लागे र गाउँको जमिन बेचेर वा बाँझो राखी शहरमा रमाउने बानीले यो कुरा बुझेनन कि शहरमा रिमिझिमि जीवन विताउन कति आयश्रोत चाहिन्छ भनेर तर जसको पेशा र राम्रो जागिर छ उसको शहरीया जीवन ठीकै होला तर आय श्रोत नहुने शहरमा बस्न पनि मन लाग्ने ब्यक्तिले गर्दा आज गाउँले जीवन उपेक्षित बन्दैछ ।
आजको समयमा बुद्धि र अर्ति उपदेश दिने मानिस पनि मिल्दैनन । यसमा एक पटक मैले व्यहोरेको उदाहरण दिन्छु रोजगारिको सिलसिलामा सउदि अरेविया जाँदा एक जना नेपालीलाई बाटो र एउटा भाषा नबुझेर सोधेको थिए र उनले जवाफ दिए कि “भोको छौ भने पैसा दिन्छु , होटलमा गएर खाना खानु तर बाटो र भाषा वताउदैन, किनकि भोलि तिमि म भन्दा जान्ने बुझ्ने भएर मलाई नै दवाव दिन्छौ” मैले पाएको जवाफ यहि थियो र यिनै कारणहरुले मैले जानेको वा अन्य पत्रपत्रिका या समाचार र सन्जालमा भएका ज्ञानमुलक विषयहरु शेयर र पोष्ट गर्छु । यो मेरो धर्म र कर्तव्य हो । शिक्षा अन्यबाट लिइन्छ र दिईन्छ भन्ने संझिन्छु । कतिपयले त यी पोष्टहरु हेर्नुहुन्नहोला किनकि हामीहरुमा मेकपले भरिएका सुरासुन्दरी र मन्त्रि प्रधानमन्त्री, राष्ट्रपति अनि ठुला नेताहरुका भाषण सुन्ने र लेख पढ्ने बानी छ । हामीजस्ता साना तिनाका लेखहरु हेर्ने हो भने इज्जत घटछ पनि किनकी न हामि सरकारी जागिरमा छौ न त कसैलाइ मन्त्रालयमा तान्न सक्छौ ।
यदि कसैले हेरीहाले भनेपनि ाfinger print, thank you, Congratulations, well come, आदि शब्द कोशेलीस्वरुप पस्किन्छौ तर वास्तविक गहिराइतिर जाने कोसिस गर्दैनौ । हामी यतिसम्म शान्दार व्यवहार र काम खोज्छौ कि, दस पास गर्नासाथ टेबल वर्क खोज्छौ तर ती करोडका कवाडी सामान भारतीयलाइ दिन्छौ, सय तिरेर दाारी काट्न भस्रतीय लगाउँछौँ तर हामी हजाम पसल राख्न लाज मान्छौ, बाली लगाउछौ, थन्क्याउन उतैका गुहार्छौ , बिदेसमा जस्तो काम पनि गर्छौ तर स्वदेसमा लजाउछौ अनि कसरी हुन्छ देस बिकास ? कहिले गुथ्ने हामीले रास्ट्रियताको पगरी ? त्यसैले सबैजना सचेत हौ, सजग रहौ, दुनिया कहाँ गयाे तर हामी यहि नै छौ । यसको मतलब बिकासमा हामी धेरै पछि छौ । अहिले कोरोना र सीमा बिबादको अतिक्रमण बिरुद्दमा सँगै लडौ । पछिको जिन्दगी बिकास र संघर्षको पाइलामा अगाडि बढाउनु पर्दछ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलबस्तुका नेता हुन ।