जेठ ३, काठमाडौं । रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।