• २०८३ बैशाख १६ गते बुधवार

लकडाउन वैशाख १५ गते सम्म थप्ने निर्णय

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।

सरकारले चैत ११ गते चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि फेरि चैत २५ गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्मका लागि लकडाउन तोकेको थियो । अहिले फेरि चौथो पटक १२ दिनको लागि लकडाउन थप गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस