बैशाख २, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलने क्रम नरोकिएपछि भारतमा मे ३ र फ्रान्सले ११ मे सम्म लकडाउन बढाएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै कोरोनाविरुद्धको लडाइँमा जीत हासिल गर्न लकडाउनको अवधि बढाइएको बताएका छन ।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले टेलिभिजनमार्फत सम्बोधन गर्दै जनअपेक्षा अनुरुप लकडाउनको बढाएको बताएका छन् । फ्रान्समा ११ मे पछि भने स्कुलहरु खोल्न सकिने उनले बताएका छन् । फ्रान्सको सीमाना भने गैरयुरोपेली देशका लागि अर्को निर्णय नभएसम्मका लागि बन्द रहने उनले जानकारी दिए ।
हाल भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ४५३ पुगेको छ । यस्तै करिब ३ सय ५८ को हाराहारीमा कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार १९३ जना उपचारपछि निको भएका छन् । फ्रान्समा कोरोना भाइरसले अहिलेसम्म १४ हजार ९६७ जनाको मृत्यु भएको छ भने १ लाख ३६ हजार भन्दाबढी संक्रमित भएका छन् ।