• २०८३ बैशाख २९ गते मङ्गलवार

कोरोनाका कारण नेपाल र भारतको सिमानाका ४नाका मात्र खुल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, बाँके । कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ ।

आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत गर्दा उत्तराखण्डको बनबासा, उत्तरप्रदेशको सुनौली, बिहारको रक्सौल र पश्चिम बंगालको रानीगञ्ज नाकामात्रै प्रयोग गर्न पाउनेछन् ।

नेपाल–भारत आवत–जावत गर्ने अन्य नाकाहरु भने बन्द हुनेछन् ।भारतको गृहमन्त्रालयका एक अधिकृत अनिल मलिकका अनुसार भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ ।

तर तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् । प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस