• २०८१ बैशाख १५ गते शनिवार

थप ८३० सङ्क्रमित थपिए, कुल सङ्क्रमित दुई लाख ४८ हजार ४२३

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४८ हजार ४२३ पुगेको छ ।

मन्त्रालयका अनुसार एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सगैं हालसम्म दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमित निको भएका कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी गराउनुभएको हो ।

पछिल्लो चौबीस घण्टामा ९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६९८ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित

यस्तै, काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस