• २०८१ जेष्ठ ६ गते आइतवार

भारतमा पछिल्लो २४ घण्टामा थप ३२ हजार नयाँ सङ्क्रमित थपिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ३२ हजार व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ३५ हजार ८५० पुगेका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

जसमध्ये ९२ लाख १५ हजार भन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल चार लाख ७८ हजार ५८१ व्यक्ति अझै पनि सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको यो लगातार ३१ औँ दिन हो ।

त्यस्तै, भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा थप ४०२ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार ३६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस