• २०८१ मङ्सिर २३ गते आइतवार

लगातारको बर्षाले बाँकेको नरैनापुर बस्तीहरु दुबानमा स्थानीय जनताहरु बिचल्लीमा

पढ्न लाग्ने समय : २ मिनेट
  •  महेन्द्र सिंह

असार ८, बाँके । ढिलोसुरू भएको मनसुनले बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन्। आइतबार ११ घण्टा परेको एक सय ६० मिलिलिटर वर्षाले बाँकेको नरैनापुरका चार वडाका साथै नेपालगन्ज उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेकाे छ।

भारत सरकारले निर्माण गरेको लक्ष्मणपुर बाँध र बाँध जस्तै अग्लो संरचनाको सडकका कारण पानीको निकास नभएपछि नरैनापुर गाउँपालिकाका १ को बनियाँगाउँ, २ को रोशनपुर, ३ को बालापुर र ४ को घोडदौडिया क्षेत्रका केही घर डुबानमा परेको गाउँपालिकाका प्रमुख प्रशासनकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिए। कुनै मानवीय क्षति नभए पनि घरभित्र पानी पसेकाले क्षतिको एकीन विवरण नआइसकेको उनले बताए। हैरानमा लक्ष्मणपुर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले डुबान क्षेत्रमा भगवान र नरैनापुर इलाका प्रहरी कार्यालय, सुँइया र बघौडा चौकीबाट प्रहरी खटाएर क्षतिको विवरण संकलन भइरहेको बताए। उनले भने, ‘दर्जनौं कच्ची घरमा पानी पसेको खबर आएको छ। एकीन विवरण संकलन भइरहेको छ।’

वर्षाका कारण नेपालगन्जको सेतु बिक चोक, बेलासपुर लगायतका क्षेत्रमा पानी जमेको डिएसपी सापकोटाले बताए। जल तथा मौसम विज्ञान विभागको राँझास्थित हावापानी फिल्ड कार्यालयका निमित्त प्रमुख पलबहादुर बिकका अनुसार आइतबार बिहान ३ बजेदेखि सुरू भइ दिउँसो २ बजेसम्म लगातार वर्षा हुँदा नेपालगन्जमा एक सय ६० मिलिलिटर वर्षा भएको थियो। जुन यो वर्षकै सर्वाधिक वर्षा हो।

प्रतिक्रिया दिनुहोस