• २०८३ जेष्ठ १ गते शुक्रवार

गजल

सुरेशकुमार पान्डे। पढ्न लाग्ने समय : १ मिनेट

ठुला ठुला घटना भएछन म जान पाएन,
आफन्तिकै प्राण गएछन म जान पाएन।

कती मरेका बृद्धा कतै मरेछन अल्पायु मै,
घर छिमेकमै आँसु बएछन म जान पाएन।

होश सम्हाले देखी लाहुरे बनी दिन बित्यो,
आफ्नै आसियाना ढएछन म जान पाएन।

खै यो जिवन सुखःपाएर पनि त छ दुखिनै,
आफ्नति ले पिडा सएछन म जान पाएन।

गाउघरमा रुवाबास छ घटे घटना ठुल ठुला
आफ्नै कहानी बनेर रएछन म जान पाएन।

खै यो जिन्दगिको नि कत्ति भर छैन मलाई,
अन्तिम दर्शन लाई लएछन म जान पाएन।

Sharing

प्रतिक्रिया दिनुहोस