पौष १०, चितवन । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
बिहीबार बिहान भरतपुर महानगरपालिका-१ दियालो रोडमा ना ४ ख ६३३० नम्बरको बसले ठक्कर दिदा साइकलमा सवार अन्दाजी २१ वर्षीय युवकको मृत्यु भएको छ ।

बसको ठक्करबाट घाइते भएका युवकको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।