पौष, १० काठमाडौँ । पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठलाई निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा बिहीबार बिहान साढे ५ बजे त्रिवि शिक्षण अस्पताल टिचिङमा उपचारका क्रममा मृत्यु श्रेष्ठको भएको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ पाल्पा रामकोटमा जन्मिएका पूर्वसचिव श्रेष्ठ ०४९ मा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका थिए । निजामती सेवाको दौरानमा उनले विभिन्न मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।