पौष, ८ काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-५ कृष्ण मन्दिर नजिक पार्किङ गरी राखेको स्कुटर चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने अमर कुँवर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाबाचोक बस्ने निशान बिसुंखेलाई पक्राऊ गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
चाबहिल बस्ने अम्मर बहादुर रोकाको बा ५९ प ४६५९ नम्बरको स्कुटर पार्किङ गरी राखेको ठाउँबाट अपरिचित व्यक्तिहरुले चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले स्कुटरको खोजी गर्ने क्रममा सोही ठाउँस्थित जम्बुडाँडामा उनीहरुलाई स्कुटर सहित पक्राउ गरेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।