• २०८३ बैशाख २० गते आइतवार

राेल्पाकाे होलेरी र सुलिचौरमा हेल्थ डेस्क सञ्चालन

बाहिरी जिल्लाबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ ।
बिमल राज डाँगी पढ्न लाग्ने समय : २ मिनेट

चैत्र ०९, रोल्पा । सुलिनस्मृति गाउँपालिका ४ सुलिचौर काँधधारा र राेल्पाकाे हाेलेरीमा कोरोना भाइरसलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ । जिल्लामा कोरोनाको संक्रमण भित्रिन नदिन वडा नम्बर ४ ले शुक्रवार देखि सवारी साधनमा भित्रीने यात्रुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो ।

                                                    हाेलेरीमा सन्चालित हेल्थ डेस्क तस्विर : दीप दर्पण

नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेपछि बाहिरी जिल्लाबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न थालिएको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गन्जबहादुर क्षेत्रीले बताए । उनले बाहिर जिल्लाबाट आउने(जाने यात्रुको स्वास्थ्य परीक्षण, साबुन पानीले हात धुन लगाएर मात्र पठाउने गरेको बताए । उनले भने, ‘जानेभन्दा आउने यात्रुलाई प्राथमिकतामा राखेर स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’ सवारी साधनमा बिहान ६ः३० देखि राति ६ः३० बजेसम्म सवारी साधनमा आउजाउ गर्ने यात्रुको स्वास्थ्य जाँच गरिने छ । अहिले यात्रुको तापक्रम मापण गर्दै आएको छ । रुघाखोकी लागेको फेला परेमा सामान्य औषधि दिने व्यवस्था गरिएको उनले बताए ।

कोरोना भाइरसको संक्रमण भएको आशंका लागेमा प्राथमिक स्वाथ्य केन्द्र सुलिचौरसँग समन्वय गरी आइसोलेसन वार्डमा राखेर अनुसन्धान गर्ने र थप जाँच तथा परीक्षणको लागि टेकु स्थित जनस्वास्थ्य प्रयोग शालामा पठाइने वडा अध्यक्ष क्षेत्रीले बताएका छन् । त्यसैगरी सुलिचौर बजारका सम्पूर्ण होटेल ,वित्तीय संस्था, बैक लगायत का कार्यालय अगाडी पानि सहित को डूम र साबुन राखी सम्पूर्ण ग्राहक हरुलाई अनिबार्य रुपमा हात मुख धुन लगाउनको लागि परिपत्र गरिएको उनले बताए ।

                                                      सुलिचाैरमा सन्चालित हेल्थ डेस्क तस्विर :गन्जबहादुर क्षेत्री

त्यसैगरी रोल्पाको होलेरीमा नव निर्मित अस्पतालको भवनमा १५ शैयाको अस्थायी आईसुलेशन कक्षा तयार गरिएको रुन्टीगढी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले होलेरीमा हेल्थ डेस्क स्थापना गरि यात्रुको स्वस्थ्य जाँच गरिरहेको छ । संकास्पद व्यक्ति भेटिए आईसुलेशन कक्षा राखिले गाउँपालिकाकाक अध्यक्ष बालराम बुढाले जानकारी दिएका छन् ।

कोरोना भाइरसको नियन्त्रणका लागि नेपाल सरकारले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रोल्पा,जिल्ला समन्वयन समिति रोल्पा र स्वास्थ्य कार्यालय रोल्पासँगको समन्वयमा वडापालिका स्तरीय तथा गाउँपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण तथा सर्तकता समिति गठन गरि स्वास्थय जाँच गरिएको हो । यि हेल्थ डेस्कमा अहिले सम्म कुनै पनि संकास्पद व्यक्ति नभेतिएको स्वास्थ्य क्रमिले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस