कात्तिक २९, रौतहट । रौतहटमा एकै परिवारका दुई बालकको रहस्यमय मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय विकासको मृत्यु भएको हो।
दुई बालकलाई उपचारका लागि गरुडा लगिएकोमा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको हो । उनिहरुलाई कसैले मुसा मार्ने विषादी खुवाएर हत्या गरेको परिवारले आरोप लगाएका छन्।