• २०८३ जेष्ठ ७ गते बिहिवार

सामाजिक न्यायबिना समृद्धि हासिल गर्न सकिदैनः अर्थमन्त्री मन्त्री बराल

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १८, गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले सामाजिक न्यायबिना देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । पोखरा–२२ स्थित युवाज्योति उकाला टोल विकास संस्थाको आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा उहाँले समाजको विकासका लागि सामाजिक न्याय अपरिहार्य भएको बताउनुभएको हो ।

“हामीले अझै पनि सामाजिक न्याय दिन सकेका छैनौं, सबै प्रकारका नागरिक सामाजिक हिसाबले सम्मानित छन् तर हामीले सामाजिक न्याय अझै पनि दिन नसक्दा विकास निर्माणले गति लिन सकेको छैन्, उहाँले भन्नुभयो, “समाजवाद उन्मुख सङ्घीय लोकतान्तिक गणतन्त्र प्रणालीको रक्षा गर्ने प्रमुख दायित्व नेकपा (माओवादी केन्द्र) को हो । मन्त्री बरालले देशमा अझै पनि राष्ट्रिय एकताको जरुरी रहेको बताउँदै माओवादी केन्द्रले मुलुकका राजनीतिक दलबीच सहकार्य गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयो

यसैगरी टोलरत्न सम्मानबाट प्राध्यापक डा ओमप्रसाद बराल सम्मानित हुनुभएको छ । स्वास्थ्य शिक्षा विषयमा विधावारिधिसहित शैक्षिक क्षेत्रको उत्कृष्ट उपाधि हासिल गरी विश्वविद्यालय सेवामा पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै संस्थाले उहाँलाई सम्मान गरेको हो ।

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले जनताको हाल धेरै अपेक्षा सडक बाटो नै भएकाले त्यसतर्फ ध्यान केन्द्रित गर्न मन्त्री समक्ष आग्रह गर्नुभयो । पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले पुम्दीकोटमा निर्माण  गरेको विशाल महादेवको मूर्ति निर्माणको क्रममा रु तीन करोड ऋण भएकाले पुनःमहायज्ञ लगाउने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

टोल विकास संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस पोखरा–२२ का वडा कमिटी सभापति होमप्रसाद बराल, (माओवादी) केन्द्र पोखरा– २२ का वडा कमिटी अध्यक्ष चण्डीकाप्रसाद बराल र पोखरा– २२ का इन्चार्ज त्रिभुवन पौडेल, नेकपा (एकीकृत समाजवादी)पार्टी पोखरा–२२ का अध्यक्ष जगन्नाथ बाँस्तोला, तिलाहार, खाडेखोला टोल विकास संस्थाका अध्यक्ष हिमलाल बराल, संस्थाका कानूनी सल्लाहकार भीमनाथ बराल, उपाध्यक्ष अर्जुन बराल, सचिव लोकनाथ बराललगायले टोल विकास संस्थाको महत्व र गर्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस