• २०८३ बैशाख १८ गते शुक्रवार

जोखिममा हिमताल, पर्यटन र जलविद्युत् प्रभावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । २०६९ वैशाख २३ गते अन्नपूर्ण ९चौथो० हिमालबाट हिमपहिरो झ¥यो। सेती नदीमा आएको बाढीले बस्ती बगायो। ७० जनाभन्दा बढीले ज्यान गुमाए। हिमताल फुटेर मस्र्याङ्दी र कालीगण्डकीमा पनि धेरै पटक बाढी आएको छ।

पृथ्वीको बढ्दो तापक्रमले हिउँ पग्लने, हिमनदी÷ताल फुटेर ठूलो धनजनको क्षति हुने क्रम बढ्दो छ। तर, सरकारले हिमताल÷तलैयाको अध्ययन र संरक्षणमा ध्यान दिन सकेको छैन।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति सदस्यसचिव डा। महेश्वर ढकाल बंगालको खाडीबाट सुरु हुने वर्षाले वायुमण्डल तात्न गई हिउँ पग्लने बताउँछन्। जलवायु परिवर्तनका कारण इम्जा÷च्छोरोल्पासहित नेपालका ६ वटा हिमताल उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडका जलवायुविज्ञ डा। अरुण श्रेष्ठ सुनाउँछन्।

कोसी, गण्डकी र कर्णाली जलाधारअन्तर्गत ३ हजार ६ सय २४ हिमताल छन्। जसमध्ये नेपालमा २ हजार ७०, चीनमा १ हजार ५ सय ९ र भारतमा ४५ वटा पर्ने इसिमोडको तथ्यांकले देखाएको छ। नेपालका २१ र चीनका २५ र भारतको एउटा फुट्ने जोखिममा छन्।

अन्नपूर्ण

Sharing

प्रतिक्रिया दिनुहोस