• २०८३ जेष्ठ ३१ गते आइतवार

पर्साबाट करिब सय किलो गाँजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, पर्सा । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

जेठ ३१ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैया चोक नजिकैको खेतमा चामलका पाँच वटा बोरामा लुकाइराखिएको अवस्थामा करिब १०० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस