• २०८३ जेष्ठ ३ गते आइतवार

एमाले सल्लाहकार परिषदको अध्यक्षमा बोहोरा चयन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । नेकपा एमालेका नेता अमृतकुमार बोहोरा पार्टीको केन्द्रीय सल्लाहकार परिषदको अध्यक्ष हुनु भएको छ । केन्द्रिय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा नेता बोहोरा परिषदको अध्यक्षमा चयन हुनु भएको हो ।

अध्यक्षमा चयन भएलगत्तै उहाँले अध्यक्ष ओलीबाट पद तथा गोपनियताको सपथ लिनुभयो । बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा नेतृत्वका लागि दावी गर्न पाउनु भएको थिएन ।

नवौं महाधिवेशनमा उहाँ पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस