• २०८३ जेष्ठ ६ गते बुधवार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे संघर्षका कार्यक्रम घोषणा गर्ने अनेरास्ववियुको चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सेवाग्राही र सबै जनतामा प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालले शनिबार विज्ञप्ति जारी गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ, एलपी ग्यासमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेकी हुन् ।

‘जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरू निरन्तर जनतालाई पीर र मर्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ,’ बरालले विज्ञप्तिमा भनेकी छिन्, ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरूप्रति सरकार नियन्त्रित निकायको केवल नाफा निकाल्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ ।’ आफूहरूका मागलाई अविलम्ब सम्बोधन नगरिए कडा संघर्षका कार्यक्रमहरू अघि सार्ने व्यहोरा समेत जानकारी गराउन अनेरास्ववियुले चेतावनी दिएको छ ।

हेनुहोस् अध्यक्ष बरालले जारी गरेको विज्ञप्ति

Sharing

प्रतिक्रिया दिनुहोस