• २०८३ भाद्र ९ गते मङ्गलवार

बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । काँग्रेससहितका विपक्षी दलहरुले बहिष्कार गरेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेश गरेको विश्वासको मतको पक्षमा ५७ मत परेको थियो ।

प्रदेश सभामा हाल कायम रहेको १०४ सदस्यका आधारमा सो मत बहुमत भएको उपसभामुखले घोषणा गरेकी थिइन् । आजको मतदान प्रक्रियामा केवल ५८ सांसद उपस्थित रहेका थिए ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राप्रपाको १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । निर्वाचित ११० प्रदेशसभा सदस्यमध्ये ६ जनाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएपछि हाल प्रदेशसभा १०४ सदस्य कायम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस