• २०८३ बैशाख ९ गते बुधवार

 एनपिएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १५, काठमाडौं ।   दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन् ।

प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् । पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’ नजिक पुगेको छ ।

विराटनगरको अर्काे खेल बुधबार लुम्बिनीसँग छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस