• २०८३ बैशाख २८ गते सोमवार

इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरुलाई खुल्ला गरिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, जाकार्ता । कोरोनाभाइरसको महामारीका कारण बन्द भएको पर्यटन आवागमन इन्डोनेसियामा पनि सुरु हुन लागेको छ ।सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पर्यटकीय क्षेत्र बालीमा विदेशी पर्यटकहरुलाई भ्रमणका लागि आउन अनुमति दिन लागिएको हो ।

अन्तर्राष्ट्रिय उडानबाट बाली आउन चाहनेहरुलाई आगामी अक्टोबर १४ देखि खुल्ला गरिने अधिकारीहरुको भनाइ छ दक्षिण कोरिया, चीन, जापान, न्युजिल्यान्डसँगै यूएई, दुबईलगायत देशका पर्यटकहरुलाई स्वागत गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका लागि आउनेहरुलाई अनुमति दिनु पूर्व इन्डोनेसियाको होटलमा कम्तीमा आठ दिन “बुकिङ गरेको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ । त्यो अवधिमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको हो ।त्यसैगरी पर्यटकहरुले स्वास्थ्य परीक्षण गरी निरोगी भएको वा कोरोनाभाइरसबाट सङ्क्रमित नभएको प्रमाण पनि पेस गर्नुपर्ने सर्त राखिएको छ ।

सरकारले स्वदेशी तथा विदेशी सबैलाई सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र अन्य स्वास्थ्य सतर्कताहरु अपनाउन पनि सबैलाई आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस