• २०८३ जेष्ठ ५ गते मङ्गलवार

भरुवा बन्दुक सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, जाजरकोट । प्रहरीले रुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बारेकोट गाउँपालिका-३ पछ्यौरी बस्ने ४३ वर्षीय भक्त बहादुर बोहरालाई १ थान भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा अवैध भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारेकोटबाट खटिएको प्रहरीले तलासी गर्दा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस