• २०८३ बैशाख १७ गते बिहिवार

नेपाल सुपर लिग: ललितपुरले जित्दा डिफेन्डिङ च्याम्पियन बाहिरियो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं । ललितपुर सिटी एफसीले शानदार जित निकाल्दा गत संस्करणको विजेता काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ। मंगलबार भएको प्लेअफ इलिमिनेटर खेलमा ललितपुरले काठमाडौंलाई ३–० ले हराएको हो।

यो जितले ललितपुर दोस्रो क्वालिफायर खेल्न छनोट भयो भने काठमाडौंको यात्रा भने समाप्त भएको छ । साथै ललितपुरले लिगमा काठमाडौंसँग भएको हारको पनि बदला लिएको छ। दशरथ रंगशालामा भएको यो खेलमा पहिलो हाफमै ललितपुरले २–० को अग्रता लिएको थियो। ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक–एक गोल गरेका थिए । दोस्रो हाफमा इमोहले अर्को गोल गरेपछि ललितपुरको जित पक्का भएको थियो।

पोखरासँग खेल्दै
ललितपुरले बिहीबार फाइनल पुग्न पोखरा थन्डर्स एफसीविरुद्ध खेल्नेछ। यो खेलमा विजयी हुने टोलीले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ। धनगढीले सोमबार पहिलो क्वालिफायर खेलमा पोखरालाई पेनाल्टी शूटआउटमा हराएर फाइनलको यात्रा तय गरेको थियो। जुन खेललाई जारी एनएसएलकै उत्कृष्ट खेलमा गणना गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस