• २०८३ असार ७ गते आइतवार

आज ११ बजे राष्ट्रियसभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । राष्ट्रियसभा बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभाको सन्देशसहित टेबुल हुनेछन् ।

यी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका हुन् । अब राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधिसभा आएपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनेछन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यी दुई विधेयक कार्यान्वयनमा आउनेछन् । राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण नभएसम्म सरकारले ऋण उठाउन सक्नेछैन ।

शुक्रबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति मेघी गुरुङले ‘अध्यागमन विधेयक २०७६’ सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ । शुक्रबारको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले चार वटा विधेयक समितिमा पठाउने प्रयोजनका लागि पेस गर्नेछन् । खाद्य स्वच्छता गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रशारण विधेयक, अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । ती विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा जानेछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस