जेठ ११, मुगु । मुगु जिल्लाको अति विकट एवं दुर्गम मानिएको सोरुगाँउपालिकाले प्रथम उपाध्क्षय गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिताको लागि तयारी तीब्र पारिएको छ ।

‘खेलकुदमा सोरु गाँउपालिकाको अभियान, क्षमतावान खेलाडी वास्तविक पहिचान’ भन्ने मूलनाराका साथ यही जेठ २० गतेदेखि २७ गतेसम्म प्रथम उपाध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । सोरु गाँउपालिकाका अध्यक्ष र्धमबहादुर शाहीले मानिसको स्वास्थ्य अवस्थासंग जोडिएको खेलकुदको विकासका लागि गाउँपालिका सक्रिय रहने बताए ।
यस्तै उपाध्यक्ष केशरजंग शाहीले प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ११ हजार ११ रुपैयाँ,द्धितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय पुरस्कार ३३ हजार ३ हजार ३३ रुपैयाँ नगद पुरस्कारको पनि व्यवस्था गरिएको जानकारी दिए । सोरु गोल्डकपमा सहभागी हुने टिमले टीम दर्ता शुल्कमार्फत ३५ सय रुपैयाँ बुझाउनु पर्ने छ ।