• २०८३ बैशाख २६ गते शनिवार

प्रतिनिधिसभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १५, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयले  जनाएको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनर्जीवित गरिदिएको संसद बैठक बिजनेस विहीन बनेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै संभावित कार्यसूची छ । शून्य समय र विशेष समयमा सांसदहरुले बोल्ने, संसदीय समिति तथा संवैधानिक निकायका प्रतिवेदन पेश गर्ने र शोक प्रस्ताव पारित गर्नेबाहेक महत्वपूर्ण विषय संसदमा प्रवेश गरेका छैनन्।

संसदीय समितिबाट पास भएर आएको कुनै पनि विधेयकलाई राष्ट्रियसभामा पुनस्र्थापित प्रतिनिधिसभाको बैठक साउन ३ गतेबाट  सुरु भएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस