• २०८३ साउन ३० गते शनिवार

देशका विभिन्न राजमार्गमा पहिरो र बाढीको अवरोध, केही सडक पूर्णरूपमा बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन ३०, काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशमा भोजपुर, इलाम र संखुवासभाका विभिन्न सडकखण्डमा पहिरोका कारण सडक अवरुद्ध भएका छन्। केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ भने केही सडकखण्ड पूर्णरूपमा बन्द रहेका छन्।

बागमती प्रदेशमा काठमाडौं, मकवानपुर, सिन्धुपाल्चोक र रसुवाका सडकहरू बाढी तथा पहिरोबाट प्रभावित छन्। काठमाडौंमा सामाखुसी क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको जनाइएको छ। मकवानपुरको हेटौंडा–भिमफेदी–कुलेखानी सडकखण्ड, सिन्धुपाल्चोकको मेलम्ची आसपास तथा रसुवाको धुन्चे–स्याफ्रुबेँसी सडकखण्डमा समेत यातायात प्रभावित भएको छ।

गण्डकी प्रदेशमा बागलुङको कालीगण्डकी करिडोर र लमजुङको बेँसीसहर–मनाङ सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ। बागलुङमा सडक एकतर्फी सञ्चालनमा रहे पनि लमजुङको सम्बन्धित सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, लुम्बिनी प्रदेशको रोल्पामा सहिद मार्गअन्तर्गतको सडकखण्ड पहिरोका कारण पूर्णरूपमा बन्द भएको छ। कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षाका कारण थप पहिरो तथा बाढीको जोखिम रहेकाले यात्रुले सम्बन्धित सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

May be an image of text

May be an image of text that says '9. बागलुड पहिरो ३. गण्डकी प्रदेश लमजुड पहिरो २०८३०४/२० १६:३० २०८३०४३० 90:30 जैमिनी न.पा. L बेलबगर ។. कालीगण्डकी करीडोर रोल्पा मस्याडदी गा.पा.४ रामबजार पहिरो बेसिशहर-मनाड सडक खण्ड २०८३/०४/३० 00:00 थवाड एकत्फिसुचारू सुचारू एकतर्फिं (दुईतर्फि हुन समय लागने) पूर्ण रुपमा अवरोध (अको बैकल्पिक बाटो रहेको) रुकुम पश्षिम वाढी लुम्बिनी प्रदेश साइलि माइली मोड कर्णाली प्रदेश आठविषकोट न.पा. ६ रिजेगार्ड खोला सहिद मार्ग सडक खवण्डमा २०८३०४1०६ ፡ሠ पूर्ण रुपमा अवरोध भेरी भेरीकरीडोर जाजरकोट-डोल्पा जाजरको सडक खुण्ड पूर्ण रुपमा अवरोध नैपाल प्रहरी सत्य सेवा सुरक्षणम'

Sharing

प्रतिक्रिया दिनुहोस