• २०८३ बैशाख ११ गते शुक्रवार

ओली सरकारले शुरु गरेका तर गठबन्धन सरकारले खारेज गर्‍यो १४ सय १० सडक आयोजना (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ४, काठमाडौं । केपी शर्मा ओलीको सरकारले सुरु गरेका १४ सय भन्दा बढी सडक आयोजना बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती भएका छन् । तत्कालीन प्रधानमन्त्री ओलीले सडक पूर्वाधार कार्यक्रमतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमा बन्ने १४ सय १० वटा सडक शिलान्यास गरेकामा अहिलेको सरकारले बजेट नभएको भन्दै आयोजना नै खारेज गरिदिएको हो ।

अहिलेको सरकारले १४ सय १० वटा सडक निर्माणलाई खारेज गरेकोमा निर्माण व्यवसायी महासंघले समेत आपत्ति जनाएको छ । सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोजनामा परेका थिए ।

अर्थमन्त्री शर्माले ल्याएको बजेटमा आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४ सय सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएको छ भनेर उल्लेख गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थगित गरिएका सडकको बारेमा बताउन चाहेको छैन । मन्त्रालयले कुनै जानकारी नभएको बताएको छ । स्रोतका अनुसार तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम र पूर्वाधार विकासका गरी १ हजार ४ सय १० वटा सडक आयोजना खारेज भएका हुन् । अघिल्लो सरकारले १ हजार ४१० वटा सडकको लागि ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

खारेज भएका सडकहरुको सूची हेर्नुहोस्

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/09/1410-sadak.pdf” title=”1410 sadak”]

Sharing

प्रतिक्रिया दिनुहोस