• २०८३ जेष्ठ १६ गते शनिवार

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २१, बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेका अनुसार पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको मृत्यु भएको हो ।

घरबाट दाउरा खोज्न गएपछि (हिजो) आइतवारदेखि हराइरहेका खत्रीको खोजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ को बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस