• २०८३ बैशाख ११ गते शुक्रवार

परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं ।   नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माले आजै शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन् । योसँगै कार्की नेतृत्वको मन्त्रिपरिष १५ सदस्यीय बनेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरेका थिए । तत्कालिन मा‌ओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस