असार १९, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल अन्तर्गत आज शनिबार राति चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा भएराखेको छ । बाकु ओलम्पिक स्टेडियममा चेक रिपब्लिक र डेनमार्कबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजेबाट खेल सुरु भउको हो ।

चेक रिपब्लिक र डेनमार्क जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा रहेका छन् । दुबै टिमले पछिल्ला खेलमा सशक्त प्रदर्शन गर्दै आईरहेका छन् । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ । युरोपियन च्याम्पियनसिपमा चेक रिपब्लिक र डेनमार्क तेस्रो पटक भिड्न लागेका हुन् । यस अघिको दुई भेटमा चेक रिपब्लिकले जितेको थियो ।